समृद्धि फाइनान्सको मङ्सिर ६ मा साधारणसभा

Garima_Business-Loan3

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आगामी मङ्सिर ६ गते २३ औं वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको कात्तिक १३ गते बसेको बैठकले हेटौंडास्थित होटेल एभोकाडो अर्किड रिसोर्टमा बिहानको १० बजे सभा बस्ने निर्णय गरेको हो ।

सभाले अन्य उपयुक्त कम्पनीसँग मर्जरका लागि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।

साथै गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहितका अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले कात्तिक २५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यसका आधारमा कात्तिक २१ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार