CLI

नेपाल र बंगलादेशको खेलमा दर्जन बढी वस्तुहरु दशरथ रङ्गशाला लैजान नपाइने

काठमाडौं । आज साँझ दशरथ रङ्गशालामा हुने साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गतको उपाधि भिडन्तमा दर्शकहरूलाई केही वस्तुहरू रङ्गशालामा लैजान निषेध गरिएको छ ।

नेपालले बंगलादेशविरुद्ध खेल्ने महत्त्वपूर्ण खेलमा सुरक्षा कारणले भन्दै एन्फाले सूचना जारी गर्दै निम्न वस्तुहरू रङ्गशालामा लैजान रोक लगाइएको हो ।

साँझ साढे ६ बजे दशरथ रङ्गशालामा नेपालले उपाधि जित्ने लक्ष्यसाथ मैदान उत्रिने छ । यसअघि सन् २०२२ मा भएको उपाधि भिडन्तमा बङ्गलादेशले नेपाललाई ३–१ गोल अन्तरले पराजित गरेको थियो ।

रङ्गशालामा निषेधित वस्तुहरू
बन्दुक, छुरा वा कुनै धारिला हातहतियार
चुरोट, लाइटर, सलाई
मादक वा नशालु पदार्थ
ठूला झोला (सानो झोला सुरक्षा जाँचपछि मात्र अनुमति)
मोटरसाइकल हेल्मेट
बिना अनुमतिका ब्यानर, झन्डा, पोस्टर
पानी वा कुनै पनि पेय पदार्थका बोतल र क्यान
लेजर लाइट
छाता, लिपिस्टिक, नेलकटर, कैँची, काँचो

 

 

 

Leave Your Comment

Related News