नेपाल र बंगलादेशबीचको खेल  विभिन्न पालिकाले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं । साफ महिला च्याम्पियनसिप–२०२४ अन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेल विभिन्न पालिकाले प्रत्यक्ष प्रसारण गर्ने भएका छन् ।

काठमाडौं महानगरपालिका, वीरेन्द्रनगर नगरपालिका, गोकर्णेश्वर नगरपालिकालगायतले सार्वजनिक स्थानमा खेल प्रत्यक्ष प्रसारण गर्न लागेको हुन् ।

काठमाडौं महानगरले टुँडिखेल, सानो गौचरण तथा चावहिलमा खेल प्रसारण गर्नेछ । यस्तै, गोकर्णेश्वरले जोरपाटीस्थित डिजिटल सूचना बोर्ड र वीरेन्द्रनगरले बजारमा रहेको सिटी हलमा फाइनल खेलको प्रत्यक्ष प्रसारण गर्न लागेको हो ।

नेपाल सन् २०२२ को फाइनलमा व्यहोरेको हारको बदला लिँदै पहिलोपटक साफ महिला च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यमा छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ६ बजे सुरु हुनेछ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार