२० हजार पाँच सय ११ मेट्रिक टन जुम्ली स्याउ बिक्रि

काठमाडौं । यो वर्ष जिल्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन भएको छ । कृषि विकास कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कानुसार चार हजार दुई सय ५० हेक्टरमा लगाएका स्याउबाट २० हजार पाँच सय ११ मेट्रिक टन (४६ क्विन्टल) स्याउ उत्पादन भएको छ ।

यहाँका आठवटै स्थानीय तहको स्याउ विक्रिबाट ६१ करोड ४१ लाख रुपैयाँ जिल्लामा भित्र्याएको कार्यालय प्रमुख बालकराम देवकोटाले जानकारी दिए । जसमध्ये नौ हजार तीन सय ९१ मेट्रिक टन स्याउ जिल्ला बाहिर निर्यात भएको छ ।

ट्रक, बस, जिप तथा हाइस र जहाजबाट समेत स्याउ निर्यात भएको कार्यालय प्रमुख देवकोटाले भने, “बसबाट एक हजार छ सय ६० मेट्रिक टन, जिप र हाइसबाट छ सय ६४ मेट्रिक टन र जहाजबाट ७४ मेट्रिक टन स्याउ निर्यात भएको छ ।

त्यस्तै मालवाहक ट्रकबाट छ हजार नौ सय ९३ मेट्रिक टन स्याउ निर्यात भएको छ । आठ सय ३७ जना स्याउ व्यापारीले किसानको स्याउ बजारमा लगेका छन् । जुम्ली किसानले प्रतिकेजी सरदर मूल्य रु ६० मा स्याउ बेचेको हो

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार