काठमाडौं । द हङकङ सिक्सेसमा नेपालले अस्ट्रेलियालाई पराजित गरेको छ । पहिलो जितबाट क्वाटरफाइनल पुगिसकेको नेपाल अस्ट्रेलियालाई शनिवार ११ रनले पराजित गर्दै समूह विजेता बनेको हो ।
१ सय १२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ६ ओभरमा १ सय रन मात्र बनाउन सक्यो ।
चौथो ओभरको पहिलो बलमा प्रतिश जिसीले अस्ट्रेलियाका कप्तान ड्यान क्रिस्टियनलाई आउट गराए । चौथो ओभरको अन्तिम बलमा प्रतिशले रोसलाई आउट गराए ।
पाँचौ ओभरको अन्तिम बलमा लोकेश बमले फावेद अहमदलाई ८ रनमा आउट गराए । अस्ट्रेलियाका साम हेजलिटलाई नेपालका प्रतिसले पहिलो ओभरमा नै आउट गराएका थिए ।
प्रतिशले २ ओभरमा २४ रन खर्चिएर ३ विकेट लिए । लोकेश बम र विवेक यादवले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ६ ओभरमा २ विकेट गुमाएर १ सय ११ रन बनाएको थियो ।
कप्तान सन्दीप जोराले १६ बलमा ५ चौका र ४ छक्काको सहयोगमा नट आउट ५१ रन बनाए । सन्दीप ५१ रन बनाउँदै रिटार्यट भएपछि क्रिजमा आएका विवेकले ४ बलमा २ छक्काको सहयोगमा १२ रन बनाए । लोकेशले १३ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ३३ रन जोडे ।
राशिद खानले २ बलमा २ छक्काको सहयोगमा नट आउट १२ रन जोडे । अस्ट्रेलियाका लागि ज्याक वुडले २ विकेट लिए ।
दुवै टोलीले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेका थिए । नेपालले आजै दिउँसो १ः३५ बजे क्वाटरफाइनल खेल्नेछ ।