देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव,उच्च पहाडी तथा हिमाली भू‍-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ ।  

देशभर आंशिक देखि साधारणतया बदली  रहि देशका पहाडी भू-भागका एक दुइ स्थानमा हल्का बर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसोː  कोशी प्रदेश लगायत  देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश लगायत बाग्मती प्रदेश र सुदुरपश्चिम प्रदेश देशका पहाडी भू-भागका थोरै र बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू‍-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको  आज बिहाज मौसम पुर्वानुमान महाशाखालेले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

रातमा भने   देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।बागमती प्रदेशका र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुइ  स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित  हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ

कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू‍-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन मौसम पुर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार