के हो आन्तरिक ऋण ? किन जारी गरिन्छ ?

काठमाडौं । सरकारले आन्तरिक ऋण उठाउन प्रयोग गर्ने उपकरणलाई सरकारी ऋणपत्र भनिन्छ।

नेपाल राष्ट्र बैंकका अनुसार हाल नेपाल सरकारले आन्तरिक ऋण परिचालन गर्न ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र गरी ४ प्रकारका उपकरण प्रयोगमा ल्याएको छ । यी उपकरणमध्ये ट्रेजरी विल्स र विकास ऋणपत्रमार्फत बैंक तथा वित्तीय संस्था, अन्य संगठित संस्था र नेपाली नागरिकहरुबाट ऋण परिचालन गरिन्छ भने नागरिक बचतपत्रमार्फत बचतमा प्रोत्साहन गर्ने उद्देश्यले सबै नेपाली नागरिक र गैरआवासीय नेपालीबाट ऋण परिचालन गरिन्छ । यी ऋण पत्र मार्फत सरकारले बजेटमा बक्तब्यमा राखेको आन्तरिक ऋण को  लक्ष्य पुरा गरिन्छ ।

नेपाल राष्ट्र बैङ्कका अनुसार  यसैगरी वैदेशिक रोजगारमा रही विप्रेषण आय प्राप्त गर्ने नेपाली नागरिक र निजका एकाघर परिवारका सदस्य तथा गैरआवासीय नेपालीलाई लक्षित गरी वैदेशिक बचतपत्र निष्कासन गर्ने गरिएको छ ।

नेपाल राष्ट्र बैङ्कका अनुसार  यस्ता ऋणपत्रको निष्कासन र व्यवस्थापन नेपाल सरकारको सार्वजनिक ऋण व्यवस्थापन कार्यालय गर्दछ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार