काठमाडौं । लिवर्टी इनर्जी र बलेफी हाइड्रोपावरको हकप्रद शेयरमा आज (कात्तिक २०) गतेसम्म कायम शेयरधनीले आवेदन दिन पाउनेछन् ।
यी दुईको हकप्रद शेयर कात्तिक २१ गते बुक क्लोज हुदैछ । आजसम्म कायम शेयरधनीले लिवर्टी इनर्जी र बलेफी हाइड्रोपावरले जारी गर्न लागेको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।
बलेफी हाइड्रोपावरले १०० प्रतिशत हकप्रद शेयर जारी गर्न लागेको हो । यसले १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।
लिवर्टी इनर्जीले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले १:०.५० अनुपातमा ७५ लाख कित्ता हकप्रद जारी गर्न लागेको हो । हकप्रद शेयर निष्कासनका लागि कम्पनीले प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । हाल यसको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । हकप्रद शेयर निष्कासनपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ ।