काठमाडौं । हालसम्मकै महँगो भएको सुनको सुन मूल्य घटेको छ । दशैं पछि लगातार उकालो लागेको सुनको मूल्य तिहार पछि भने घटेको छ । लक्ष्मी पुजा (बिहीबार) सुन प्रति तोला एक लाख ७१ हजार रुपैयाँमा पुगेको थियो । आज मंगलबार सुनको मूल्य २ हजार ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
साथै चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रति तोला ६० रुपैयाँले घटेर २ हजार ३० रुपैयाँ कायम भएको छ ।