अक्टोबरमा १ लाख २४ हजार पर्यटक भित्रिए

काठमाडौं । अक्टोबर महिनामा एक लाख २४ हजार ३९३ जना पर्यटक नेपाल भित्रिएका छन् । त्यस्तै एक लाख ४ हजार ६८२ जना पर्यटक बाहिरिएका छन् ।

२०२३ को तुलनामा ६.०४ प्रतिशतले पर्यटक बढेका हुन् । २०२३ को अक्टोबर महिनामा एक लाख १७ हजार ३०६ जना पर्यटक नेपाल भित्रिएका थिए ।

सन् २०१९ को अक्टोबरपछि पर्यटकको आगमन बढिरहेकोको बोर्डको तथ्याङ्कले देखाएको छ । २०१९को तुलनामा ९२.७६ प्रतिशतले पर्यटन बढेको छ ।

कुन देशबाट कति आए पर्यटक​ ?
१) भारत : १६,३१३
२) अमेरिका : १६,०२३
३) बेलायत : ८,०१९
४) चीन : ७,७५०
५) अष्ट्रेलिया : ६,९२९
६) जर्मनी : ६,०१८
७) फ्रान्स : ५,४८५
८) बंगलादेश :  ४,४७६
९) श्रीलंका : ३,१२५
१०) इटाली : २,६३५

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार