सोल्टी  र ओरिन्टियल होटल गरे लाभांश घोषणा 

Garima_Business-Loan3

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को लागि दुई वटा होटलले लाभांश घोषणा गरेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत कूल ६ वटा होटलहरुमध्ये सोल्टी होटल लिमिटेड र ओरिन्टियल होटल लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को लाभांश वितरणको घोषणा गरेका हुन् ।

सोल्टी होटल लिमिटेडले नगदसहित ३६ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । सोल्टी होटलले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट शेयरधनीहरुमा १० प्रतिशत बोनस शेयरसहित २६.८४२१ नगद गरी कूल ३६.८४२१ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।

होटल समूहकै ओरिन्टियल होटल लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । ओरेन्टलले ५ प्रतिशत बोनस शेयरसहित कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार