अमेरिकी राष्ट्रपति निर्वाचन: ट्रम्पको अग्रता

काठमाडौं । ४७ औं अमेरिकी राष्ट्रपति निर्वाचनको मतदान सकिएको छ । मंगलबार मतदान सकिएलगत्तै बुधबार बिहानैदेखि मतगणना सुरु भइसकेको छ । मतगणनाको प्रारम्भिक चरणदेखि नै रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रप्ले अग्रता लिएका छन् ।

कुल ५३८ इलेक्टोरल कलेजमध्ये समाचार तयार गर्दासम्म ट्रम्पले २३० र डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले २०१ इलेक्टोरल कलेज जित्ने निश्चित भएको विभिन्न अमेरिकी मिडियाहरुले प्रक्षेपण गरेका छन् ।

अमेरिकी राष्ट्रपति निर्वाचित हुन कम्तिमा २७० इलेक्टोरल कलेज जित्नुपर्छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार