पोखराको मित्रमिलन सहकारीका उपाध्यक्ष विजय लम्साल पक्राउ

Garima_Business-Loan3

काठमाडौं । पोखराको मित्रमिलन सहकारीका बचतकर्ताको रकम अपचनल तथा ठगीमा संलग्न भएको आरोपमा उपाध्यक्ष विजय लम्साल पक्राउ परेका छन्। उनलाई मंगलबार साँझ कास्की प्रहरीले पक्राउ गरेको हो।

उक्त सहकारी ठगी प्रकरणमा अध्यक्ष रमण पौडेल, कार्यकारी अधिकृत किरण अधिकारीसहित पत्रकार अर्जुन गिरी, सञ्चालक सदस्य गोपाल खनाल, सल्लाहकाररशेयर सदस्य राजु बराल, शेयर सदस्य बुद्धिसागर पौडेल थुनामै छन् ।

मित्रमिलन सहकारी ठगीमै जोडिएका राष्ट्रिय सहकारी बैंक लिमिटेडका कास्कीका पूर्व व्यवस्थापक सन्तोष घिमिरे पनि पुर्पक्षकै लागि थुनामै छन् । यो सहकारी ठगीमा ३१ करोड बिगोसहित कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

लम्सालसहित पोखरा महानगरपालिका वडा नं २१ का वडाध्यक्ष दीपक सुवेदीसहित ३० जनाविरुद्ध गतवर्ष मंसिरमै पक्राउ पुर्जी जारी भएको थियो । सहकारीका सञ्चालक र अन्य मिलेर करिब २९ करोड रकम हिनामिना गरेको आरोप छ । अदालतमा २१ करोड बिगो दाबीसहित मुद्दा दायर भएको थियो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार