अमेरिकी राष्ट्रपति निर्वाचन: ट्रम्पको जित सुनिश्चित

काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प विजयी हुने करिब निश्चित भएका छन् । मंगलबार मतदान सकिएलगत्तै बुधबार बिहानैदेखि मतगणना सुरु भइसकेको छ । मतगणनाको प्रारम्भिक चरणदेखि नै रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अग्रता लिएका लिएका थिए ।

कुल ५३८ इलेक्टोरल कलेजमध्ये समाचार तयार गर्दासम्म ट्रम्पले २६७ र डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले २२४ इलेक्टोरल कलेज जितेको विभिन्न अमेरिकी मिडियाहरुले प्रक्षेपण गरेका छन् ।

अमेरिकी राष्ट्रपति निर्वाचित हुन कम्तिमा २७० इलेक्टोरल कलेज जित्नुपर्छ । अब बाँकी ५२ इलेक्टोरल कलेजमध्ये तीनमा जित हात पारेमा ट्रम्प ४७ औं राष्ट्रपति बन्नेछन् । ट्रम्प यस अघि सन् २०१६ मा राष्ट्रपतिमा निर्वाचित भइसकेका थिए भने २०२४ मा जो बाइडेनसँग पराजित भएका थिए ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार