प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख

Garima_Business-Loan3

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । सोमबार बेलुकीदेखि भाइरल ज्वरो आएपछि प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण गरिएको थियो ।

उपचारमा संलग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरू सामान्य रहेको ओलीको सचिवालयले जनाएको छ ।

अस्वस्थ भएपछि प्रधानमन्त्री ओलीले बालुवाटारमै आराम गरिरहेका छन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार