सुदुरपश्चिम प्रदेशलाई नरेश श्रेष्ठ स्मृती यु १९ क्रिकेटको उपाधी

काठमाडौं । सुदुरपश्चिम प्रदेशले नरेश श्रेष्ठ स्मृती यु १९ क्रिकेट प्रतियोगिताको उपाधी जितेको छ । विराटनगरमा भएको फाइलनमा लुम्बिनी प्रदेशलाई हराउँदै सुदुरपश्चिम लगातार दोस्रो पटक च्याम्पियन भनेको छ ।

लुम्बिनी प्रदेशलाई ८ रनले पराजित गर्दै सुदुरपश्चिम च्याम्पियन बन्न सफल भएको छ ।

१ सय २८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ४३.१ ओभरमा १ सय १९ रन मात्र सिमित भयो ।

लुम्बिनीका कप्तान आकाश त्रिपाटीले सर्वाधिक २२, शिव कुवँरले ४ २०, विजय कोहरले १९ तथा समिर अलिले १८ रन बनाए ।

सुदूरपश्चिमका लागि कप्तान हेमन्त धामीले ४, सचिन भट्ट र नरेन साउद समान २ तथा अशोक धामीले १ विकेट लिए ।

त्यसअघि विराटनगरमा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ३७.३ ओभरमा अल आउट हुदै १ सय २७ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि अभिषेक थापाले २९, नरेन भट्टले २७, नरेन साउदले १५ रन तथा राजेश ऐरले १४ रन बनाए ।

लुम्बिनीका सन्तोष यादवले ५, रमेश कुर्मीले ३ तथा शिव कुँवरले १ विकेट लिए ।

सन् २०२२ मा भएको अघिल्लो संस्करणमा लुम्बिनी र सुदूरपश्चिमले नै फाइनल खेलेकामा सुदूरपश्चिम च्याम्पियन भएको थियो । लिग चरणको खेलमा सुदूरपश्चिम र लुम्बिनीले समान ५ खेलमा जित हासिल गरेका थिए ।

लिग चरणमा सुदूरपश्चिम लुम्बिनी र लुम्बिनी मधेश प्रदेशसँग पराजित भएको थियो ।

प्रतियोगितामा ७ प्रदेशको सहभागीता थियो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार