काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पले बहुमत हासिल गरेका छन् । कुल ५३८ इलेक्टोरल कलेजमध्ये २७७ मा जित हासिल गर्दै ट्रम्पले बहुमत हासिल गरेका हुन् ।
मतगणनाको प्रारम्भिक चरणदेखि नै रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अग्रता लिएका लिएका थिए । डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले २२४ इलेक्टोरल कलेजमा जित हासिल गरेकी छिन् ।
अमेरिकी राष्ट्रपति निर्वाचित हुन कम्तिमा २७० इलेक्टोरल कलेज जित्नुपर्छ । ट्रम्पले २७७ इलेक्टोरल कलेज जितिसकेका छन् ।
यससँगै उनी अमेरिकाको ४७ औं राष्ट्रपति बनेका छन् । ट्रम्प यस अघि सन् २०१६ मा राष्ट्रपतिमा निर्वाचित भइसकेका थिए भने २०२४ मा जो बाइडेनसँग पराजित भएका थिए ।