हवाई कम्पनीले टिकटमा गरेको कालोबजारीले वैदेशिक रोजगारीमा जानेलाई मार, कालोबजारी रोक्न माग

Garima_Business-Loan3

काठमाडौं । हवाई कम्पनीहरुले विभिन्न बहानामा हवाई टिकटमा कालोबजारी गरे सँगै यसलाई रोक्न माग गरिएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारीमा जानेहरुका लागि विभिन्न बहानमा हवाई टिकटको चर्को मूल्य तोकिएको भन्दै त्यसलाई रोक्नका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग आग्रह गरेको छ ।

संघका अध्यक्ष राजेन्द्र भण्डारीले हवाई टिकटको कालोबजारी रोक्नका लागि श्रममन्त्री शरतसिंह भण्डारीलाई आग्रह गरेका छन् । अध्यक्ष भण्डारीले हवाई टिकटको कालोबजारी रोक्न बुधबार मन्त्री भण्डारीसमक्ष ज्ञापनपत्र बुझाएका हुन् ।

अध्यक्ष भण्डारीले कम्पनीहरुले समान्यत ३० देखि ३५ हजार रुपैयाँमा नियमित पाउने टिकटलाई अहिले ७० देखि ८० हजार रुपैयाँ पुराई दोब्बर मुल्यको टिकटमा कामदार जान बाध्य पारिएको बताए ।

नेपालबाट मलेसिया र मध्यपूर्वका गन्तव्य मुलुकमा जाने नेपाली कमदारहरुलाइ केही एयरलाइन्सहरुको मिलेमतोमा ट्राभलहरुले कृतिम अभाव खडा गरी कालोबजारी गरेकाले अस्वभाबिक रुपमा टिकटको मुल्य बृद्धि गरेर टिकटमा सिण्डिकेट गर्ने र पर्यटक आउने मुख्य समयमा अन्तराष्ट्रिय बिमानस्थललाई स्तरउन्तनीको बाहानमा दैनिक १० घण्टा बन्द गरिएको कारण देखाउदै हवाई कम्पनीहरुले समान्यत ३० देखि ३५ हजार रुपैयाँमा नियमित पाउने टिकटलाई अहिले ७० देखि ८० हजार रुपैयाँ पुराई दोब्बर मुल्यको टिकटमा कामदार जान बाध्य भएकोले उक्त कालो बजारीलाई रोकेर सस्तो र सुलभ एवम् नियमीत टिकटको मुल्यमा कामदार जान पाउने व्यवस्था गर्न संघ आग्रह गर्दछ, ज्ञापनपत्रमा भनिएको छ ।

हवाई टिकटको चर्को मूल्यलाई लिएर मन्त्रालय तथा मन्त्री लगायतका पदाधिकारीको ध्यानाकर्षण गराइएको हुदाँ समस्या समाधान हुने विश्वस संघका पदाधिकारीले व्यक्त गरेका छन्

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार