फर्स्ट माइक्रोफाइनान्सको नाफा ३९ प्रतिशतले घट्यो

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्थाको खुद नाफा ३९ प्रतिशतले घटेको छ । लघुवित्तले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा घटेको जनाएको हो । लघुवित्तको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड १० लाख ८० हजार नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १ करोड ९६ लाखले कमी आएको छ । लघुवित्तको गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ६ लाख ८४ हजार खुद नाफा रहेको थियो ।

लघुवित्तको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सञ्चालन नाफा ४ करोड ४४ लाख रहेको छ । जुन गत आर्थिको वर्ष सोहि अवधिको तुलनामा कमी आएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तको सञ्चालन नाफा ७ करोड २४ लाख रहेको थियो । समीक्षा अवधिमा कुल ब्याज आम्दानी पनि घटेको छ । लघुवित्तको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कुल ब्याज आम्दानी ६ करोड ५२ हजार रहेको छ भने गत आर्थिक वर्षको सोहि अवधिमा ८ करोड १ लाख ९६ हजार कुल ब्याज आम्दानी रहेको थियो ।

समिक्षा अवधिमा लघुवित्तको कुल सम्पत्ति ७ अर्ब ७९ करोड ७९ लाख रहेको छ भने कुल दायित्व ६ अर्ब १२ कराड ८३ लाख र इक्विटी १ अर्ब ६६ करोड ९५ लाख रहेको छ । लघुवित्तको चुक्ता पुँजी १ अर्ब २३ करोड ३८ लाख रहेको छ भने जगेडमा ३० करोड १९ लाख सञ्चिती रहेको छ ।

लघुवित्तको प्रति शेयर आम्दानीस् १० रुपैयाँ ८ पैसा, प्रति शेयर नेटवर्थ १३५ रुपैयाँ ३२ पैसा, मुल्य आम्दानी अनुपाति (पीइरेसियो) ८०.८५ र तरलता अनुपात २३.४८ प्रतिशत रहेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार