काठमाडौं । नेपालले आइसिसी यु १९ महिला विश्वकपको एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ ।
युएईमा जारी छनोटमा बिहीबार नेपालले कुवेतलाई १ सय ८ रनको ठूलो अन्तरले पराजित गरेको छ ।
१ सय ३१ रनको लक्ष्य पछ्याएको कुवेत २२ रनमा समेटियो । कुवेतका लागि ओपनर जिफाले १२ रन बनाउँनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।
नेपालका लागि रचना चौधरी र सिमाना केसीले समान २ तथा कप्तान पुजा महतो, कृष्मा गुरुङ र मनिशा उपाध्यायले समान १ विकेट लिए ।
टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो ।
नेपालका लागि पुजा महत्तोले ३४, ओपनर साना प्रविनले २५ तथा ज्योत्सिका मरासिनीले २३ रन जोडिन् ।
कुवेतका लागि अयशा एकवालले २ तथा जिफ जिलानी र अमिशा रामले समान १ विकेट लिए ।
पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले हराएको थियो ।