काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सुचीमा राखेको निर्माण कम्पनीमा बहावाला मन्त्रीको कम्पनी पनि परेको छ । एक दर्जन बढी निर्माण कम्पनीलाई कालोसूचीमा राख्दा बहालवाला मन्त्रीको कम्पपनी पनि कालो सुचीमा परेको हो ।
सार्वजनिक खरिद तथ अनुगमन कार्यालयले अध्याबधिक गरेको सुचीमा रामेछापका प्रतिनिधिसभा सदस्य एंव ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ मुख्य व्यक्ति रहेको कान्छाराम कन्सट्रक्सन कम्पनी प्रा.लि पनि कालो सूचीमा परेको हो । यस कम्पनीलाई २ वर्ष ६ महिना कालोसूचीमा राखिएको हो । कालोसूचीमा परेका कम्पनीले कालोसूची अवधिभर कुनै पनि सार्वजनिक निकायको बोलकबोलमा सहभागी हुन अयोग्य हुन्छन् ।