दुई हजारले बढ्यो सुन

Garima_Business-Loan3

काठमाडौं । सुन र चाँदीको मूल्य बढेको छ । आज शुक्रबार सुनको भाउ दुई हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख ६६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रति तोला एक लाख ६४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य २० रुपैयाँले बढेको छ । महासंघका अनुसार चाँदी प्रति तोला एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रति तोला एक हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार