अमेरिकी फेडले ब्याजदर घटायो

काठमाडौं । अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भ बैंकले ब्याजदर घटाएको छ । फेडले बिहीबार सुस्त मुद्रास्फीति र कमजोर श्रम बजारको बीचमा ब्याजदर २५ आधार बिन्दुले घटाएको छ ।

अमेरिकामा नयाँ राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्प निर्वाचित भएको एक दिनपछि फेडले ब्याजदर ०.२५ प्रतिशत बिन्दुले घटाएको हो ।

नीति निर्माताहरूले अमेरिकी केन्द्रीय बैंकको प्रमुख ऋण दरलाई ४.५०% र ४.७५% बीचमा घटाउन सर्वसम्मतिले मतदान गरेको फेडले एक विज्ञप्तिमा घोषणा गरेको छ । मुद्रास्फीतिमा आएको उच्च गिरावटका ब्याजदर घटाइएको फेडले भनेको छ । मुद्रास्फीतिमा अहिले केन्द्रीय बैंकको २% लक्ष्यको नजिक पुगेको छ। साथै फेडले रोजगारी बजारमा सुधार भएको पनि उल्लेख गरेको छ ।

गत सेप्टेम्बरमा पनि फेडले पछिल्लो ४ वर्षमा बेन्चमार्क ब्याजदर ०.७५ प्रतिशत बिन्दुले घटाएको थियो ।

त्यतिबेले यस्तो दरको अधिकम बिन्दु ५ प्रतिशत र तल्लो बिन्दु ४.५ प्रतिशत बनाएको थियो । बिहीबारको निर्णयले अधिकतम दर ४।७५ प्रतिशतमा झरेको छ । सन् २०२२ को मेयता यस्तो दर निरन्तर बढिरहेको थियो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार