पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप

काठमाडौं । पूर्वको प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषयमा विवाद हुँदा झडप निम्तिएको छ । केबलकार बनाउन दिने र नदिने पक्षबीच शुक्रबार शुक्रबार झडप भएको हो ।

ताप्लेजुङको फुङ्लिङ नगरपालिका(१० काफ्लेपाटीमा स्थानीयबीच झडप भएको हो । पाथीभरा दर्शन केबलकारको निर्माणका लागि शिलान्यास गर्ने कार्यक्रममाका बीचमा झडप भएको हो ।

कार्यक्रम सुरु भएलगत्तै पाथीभरामा केबलकार बनाउन दिनु हुँदैन भन्ने समूहका व्यक्तिहरुले ढुंगा हान्न थालेका थिए ।

कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङका अनुसार, दुई पक्षबीच विवाद हुने स्थिति देखिएपछि प्रहरी परिचालन गरेर स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

केवलकार निर्माण भए प्राकृतिक स्वरुप बिग्रने भन्दै केहीले निर्माणको विरोध गर्दै आएका छन् । पाथीभरा लिम्वूहरुको मुन्धुमीस्थल भएकाले निर्माण गर्न नहुने भन्दै केही पहिचान पक्षधरहरुले केबलकारको बिरोध गर्दै आएका छन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार