अनर एक्स७सी:५-स्टार ड्रप रेजिस्टेन्स र आईपी६४ वाटर रेजिस्टेन्स रेटिङसहित चाँडै बजारमा उपलब्ध हुँदै

काठमाडौं । ग्लोबल टेक्नोलोजी ब्रान्ड अनरले बजेटमैत्री ग्राहकहरूका लागि बनाइएको नयाँ अनर एक्स७सी फोरजी प्रस्तुत गर्न लागेको छ। टिकाउपन, लामो ब्याट्री क्षमता, र उत्कृष्ट फोटोग्राफी विशेषतासहित यो स्मार्टफोनले ग्राहकलाई बलियो र किफायती अनुभव दिनेछ। अनर एक्स७सी फोरजीमा ५-स्टार ड्रप रेजिस्टेन्स र एसजीसी प्रिमियम परफर्मेन्स सर्टिफिकेसन (Drop & Crush Resistance) रहेको छ, जसमा कुशनिङ आर्किटेक्चर र टेम्पर्ड ग्लास स्क्रिनले दैनिक झट्कालाई सहजै सहन सक्छ। आईपी६४रेटिङले यसलाई धुलो र पानीका छिटाबाट सुरक्षित राख्छ, जसले यसलाई हरेक वातावरणका लागि उपयुक्त बनाउँछ।

अनर एक्स७सी फोरजी मा ६००० एमएएचको सुपर टिकाउ ब्याट्री छ, जसले २८.५ घण्टा सम्मको स्ट्रिमिङ वा २१.५ घण्टा सम्मको भिडियो प्लेब्याक समय प्रदान गर्दछ। यसमा रहेको ३५ डब्ल्यू अनर सुपरचारर्जटेक्नोलोजीले चार्जको चिन्ता बिना तपाईंलाई जडित राख्छ। साथै, १०८ एमपी आई क्यामराप्रणालीले उत्कृष्ट फोटोग्राफी, २५६ जीबी इन्टरनल स्टोरेज र र्याम टर्बो टेक्नोलोजीले सहज मल्टिटास्किङ, र TÜV Rheinland लो ब्लू लाइट सर्टिफिकेसनसहित ६.७७इन्चको इमर्सिभ डिस्प्ले प्रदान गर्दछ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार