लिवर्टी ईनर्जीद्धारा हकप्रद शेयर बापतको रकम जम्मा गर्न आग्रह

काठमाडौं । लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले आफ्नो सञ्चालक र आधारभुत शेयरधनीहरूलाई हकप्रद शेयर बापतको रकम समयमै जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले आफ्ना शेयरधनीहरूलाई आफ्ना हकमा पर्न आएका हकप्रद शेयरको रकम चाँडो बुझाउन निर्देशन दिएको हो ।

कम्पनीले चुक्ता पुँजीको ५० प्रतिशत अर्थात् १ः०.५० को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ७५ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न अनुमति दिइसकेको छ । जसको अंकित मूल्य १ सय रुपैयाँ रहेको छ

कम्पनीले कात्तिक २९ गते भित्र हकप्रद शेयरको रकम बुझाउन आग्रह गरेको छ । विशेष गरी, सञ्चालक र १ प्रतिशत वा त्यस भन्दा बढी शेयरधारकहरूले आफ्नो स्वामित्वमा आउने हकप्रद शेयरको रकम कम्पनीमा जम्मा गर्नुपर्नेछ । यदि कुनै शेयरधनीले तोकिएको म्यादसम्म रकम बुझाउँदैन भने, कम्पनीले नियमानुसारको प्रक्रिया अघि बढाउने जानकारी दिएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार