सिटिजन्स बैंकको ४० हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

Garima_Business-Loan3

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशल लिमिटेडले ४० हजार ४५१ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीहरूले नकिनेको शेयर अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

यसअघि कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूलाई मात्र प्राथमिकतामा राखेर गत असोज ७ गते ३५ दिने सूचना जारी गरेको थियो ।

इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय नारायणहिटी पथ, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार