बुढानिलकण्ठ हेरिटेजले सर्वसाधारणमा आईपीओ जारी गर्ने

काठमाडौं । बुढानिलकण्ठ हेरिटेज लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कात्तिक २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासनको प्रस्तावसहित अन्य विविध प्रस्ताव पारितका लागि मङ्सिर १४ गते छैठौं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभा काठमाडौंको बुढानिलकण्ठस्ठित कम्पनीको रजिष्टर्ड कार्यालयमा अपराह्न ४ बजे शुरु हुनेछ । हाल कायम चुक्तापूँजी ८५ करोड रुपैयाँको २९ दशमलव ५६ प्रतिशतले हुन आउने हकप्रद शेयर साविकका शेयरधनीहरूका लागि निष्कासन गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ ।

हकप्रद शेयर र आईपीओ निष्कासन गर्ने कामको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । कम्पनीको अधिकृत र जारी पूँजी वृद्धि गर्ने प्रस्ताव सभाका लागि तय भएकोले त्यसका लागि समेत सञ्चालक समितिलाई सभाले अख्तियारी प्रदान गर्नेछ ।

साथै गत आर्थिक वर्ष ८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार