पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव मौसम सफा रहने

काठमाडौं ।मौसम पुर्वानुमनाट महाशाखाका अनुसार देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।  देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसोː देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी  तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ  ।

रातमा भने  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। देशका पहाडी भू-भागका थोरै  स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी  तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको पुर्वानुमना महाशाखाले उल्लेख गरेको छ  ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको र देशका उच्च पहाडी  तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार