अचाकाल्ली बढेको हवाई भाडा नियन्त्रणको, लागि नागरिक उड्यान प्राधिकरणको पहल

काठमाडौं । वायु सेवा कम्पनीले हवाई भाडा दोब्बरभन्दा बढीले वढाएपछि नागरिक उड्डयन प्राधिकरणले भाडा नियन्त्रणको लागि पहल थालेको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सी वे निर्माणका लागि दैनिक १० घण्टा विमानस्थल बन्द भएको अवस्थामा हवाई टिकटको उपलब्धता एवं सहज र सुलभ हवाई यातायात संचालनका विषयमा प्राधिकरणले आज छलफल गरेको हो।

छलफलमा  नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधि, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धकज्यू, प्राधिकरणका पदाधिकारीहरु तथा अन्तर्राष्ट्रिय उडान गर्ने स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीका प्रतिनिधिहरु सहभागी  थिए ।

छलफलले हवाई भाडा बृदी रोक्नको लागि विभिन्न ५ बुँदे सहमति गरेको छ । जस अनुसार सम्पूर्ण वायुसेवा संचालकहरुले ट्राभल एजेन्सीहरुलाई पछि टिकट विक्री गर्ने गरी एकमुष्ट रुपमा टिकट बिक्रीको अधिकार हस्तान्तरण गर्ने व्यवस्था (TBA) खारेज गरिएको छ ।

छलफल पश्चात भएका निर्णय

सम्पूर्ण वायुसेवा संचालकहरुले ट्राभल एजेन्सीहरुलाई पछि टिकट विक्री गर्ने गरी एकमुष्ट रुपमा टिकट बिक्रीको अधिकार हस्तान्तरण गर्ने व्यवस्था (TBA) खारेज गर्ने र सम्पूर्ण वायुसेवा कम्पनीहरुले यसको अनिवार्य पालना गर्ने ।

सवै वायुसेवा संचालकहरुले द्विपक्षीय हवाई सेवा सम्झौताको Pricing शिर्षकमा उल्लेख भए अनुसार “उपभोक्तालाई मर्का पर्ने गरी अनुचित हवाई भाडा असुल गर्न नहुने” -” प्रावधानको पूर्णतः पालना गर्नु पर्ने ।

सवै वायुसेवा संचालकहरुले उडान वृत्त वमोजिमको हवाई भाडा सूचि तोक्ने तथा सार्वजनिक गर्नुपर्ने । ट्राभल एजेन्सीहरुसँग टिकट विक्रीको सम्झौता गर्दा निश्चित संख्या मात्र विक्री गर्न सकिने र तोकिएको परिधिमा रही मात्र सेवा शुल्क लिने गरी व्यवस्था मिलाउने जिम्मेवारी वायुसेवा संचालकको हुनेछ ।

तोकिए वमोजिमको हवाई भाडा मात्र कायम राख्ने जिम्मेवारी वायुसेवा संचालकको हुनेछ । वायुसेवा संचालकहरुले उपभोक्ता अधिकार सुनिश्चित हुने गरी कार्य गर्नुपर्ने।

माथि उल्लेखित प्रावधानहरुको पालनाका सम्बन्धमा कुनै गुनासो भएमा नेपाल नागरिक उड्डयन प्राधिकरण प्रधान कार्यालयमा वा प्राधिकरणका बरिष्ठ अधिकृत श्री विष्णु प्रसाद पौडेल (मोबाइल नं. ९८४२१७०७२९) सँग सम्पर्क गर्नुहुन अनुरोध गरेको छ  ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार