सुन र चाँदीको मूल्य घट्यो

काठमाडौं । सुन र चाँदीको मूल्य घटेको छ । आज आइतबार सुनको मूल्य ५०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायीका अनुुसार छापावाल सुन प्रति तोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाल सुन प्रति तोला एक लाख ६६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य २० रुपैयाँले घटेको छ । महासंघका अनुसार चाँदी प्रति तोला एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबारर चाँदी प्रति तोला एक हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार