मानव तस्करीको आरोपमा कोशी प्रदेशका निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारी पक्राउ

काठमाडौं । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीलाई  मानव तस्करीको घटनामा प्रहरीले नियन्त्रणामा लिएको छ ।

उनी गत तिहारको छेको पारेर राज्य संयन्त्रलाई झुक्याइ बिदेश भ्रमणमा गर्नु पर्ने कुनैपनि कानुनी प्रक्रिया नगरी जापान गएका थिए ।  उनलाई जापानको अध्यागमनले फिर्ता गरेको थियो ।

जापानबाट फिर्ता भएपश्चात उनले आफुले उच्च नैतिकता प्रदर्शन गरेको भन्दै मुख्य मन्त्री समक्ष राजिनामा पेश गरेका थिए ।

उनलाइ नेकपा एमाले कोशी प्रदेश कमिटिले छानवीन अबधिकालागि पार्टी सदस्यता समेत नरहने गरी निलम्वन गर्दै राज्यका निकायलाई छानवीन गर्न भनेको छ सोही निर्णयलाई नेकपा एमालेको सचिवालय को वैठकबाट अनुमोदन गरेको छ ।

अधिकारी एमालेको तर्फबाट मोरङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।

उनलाई नेपाल प्रहरीको मोरङको टोलीले पक्राउ गरेको हो । उनलाइ अनुसन्धान र छानबिनको लागि काठमाण्डौ ल्याउने तयारी छ । उनीसँगै जापान पुगेका अभियुक्त पुलिसको नियन्त्रणमा रहि  छानबिमा छन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार