एभरेष्ट बैंक र एनसीएचएलबीच अलीपे प्लस मार्फत नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच अलीपे प्लसको नेटवर्कमा रहेका सदस्य वालेटहरु मार्फत नेपालपे मर्चेन्टहरुका क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्नका लागि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरे ।

यस सम्झौता अन्तर्गत नेपालमा रहेका नेपालपे क्यूआर तथा यसका interoperable QR को मर्चेन्ट क्यूआरमा अलीपे प्लसको नेटवर्क मार्फत भुक्तानी गर्न सकिने छ । चाइना, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाईल्याण्ड, साउथ कोरिया, स्वीडेन तथा इटली लगायतका देशहरुबाट नेपाल आएका पर्यटकहरुले आनो डोमेस्टिक वालेट मार्फत नेपालमा रहेका नेपालपे क्यूआर तथा यसका interoperable QR मा सजिलै भुक्तानी गर्न सक्नेछन् ।

अलीपे प्लसको नेटवर्कमा ६६ वटा विभिन्न ग्लोबल मार्केट अन्तर्गत ३० भन्दा बढि इसुइङ्ग उपकरण, ३०० भन्दा बढि बacquiring network, ९ करोड भन्दा बढि ग्लोबल मर्चेन्टहरु आबद्ध रहेका छन् । अलीपे प्लसको नेटवर्कमा Alipay China, OCBC, Changipay,Gcash, AlipayHK, Hipay, KakaoPay, TossPay, NaverPay, TnGD, PBB, TrueMoney,Mpay, Tinaba मार्फत अन्तरदेशीयभुक्तानीहरु गर्न सकिने व्यवस्था रहेको छ ।

एनसीएचएलले Alipay+ सँग International Payment Partner का रुपमा आबद्ध भई दुइ नेटवर्कबीच भुक्तानी सुचारु गर्नका निम्ती आवश्यक व्यवस्था मिलाइसकेको छ । यस पहल अनुरुप अब एभरेष्ट बैंक सँग सो भुक्तानी सेवा कार्यान्वयन गर्नका निम्ती सम्झौता भएको हो । नेशनल पेमेन्ट स्वीच अन्तर्गतको NepalQR मापदण्ड कार्यान्वयन गर्न, NEPALPAY QR एक स्वतन्त्र QR स्किमको रुपमा सञ्चालन हुनुको साथै मर्चेन्ट तथा नेटवर्क लेभलको अन्तरआबद्धता कायम गर्न स्थापना भएको पूर्वधार हो । हाल NEPALPAY QR को नेटवर्क मा ८५०,००० भन्दा बढि (Interoperable QR समेतका) मर्चेन्टहरु आबद्ध रहेका छन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार