भैरहवाबाट चार एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान, कतार एयरवेज स्वीकृति प्रक्रियामा

काठमाडौं । मुलुकको पहिलो अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका लागि दैनिक १० घण्टा बन्द भएसँगै भैरहवास्थित दोस्रो अन्तर्राष्टिय्र विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले बिजनेस पाउन थालेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ट्याक्सी–वे विस्तारका लागि दैनिक १४ घण्टा मात्र सञ्चालन हुने भएपछि यसको लाभ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले पाउन थालेको छ ।

२०२२ मे १६ देखि सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित व्यावसायिक उडानले निरन्तरता पाउन सकेको थिएन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतसँगै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले व्यावसाकि उडान पाउन थालेको हो ।

स्तरोन्नतीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन नसक्दा त्यसको विकल्पको रुपमा एयरलाइन्स कम्पनीहरु गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्न सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले बताए ।

‘नोभेम्बरदेखि पाँच महिनाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी–वे स्तरोन्नती हुने जानकारी सात महिनामा अघि नै वायुसेवा कम्पनीहरुलाई जानकारी दिएको थियो । स्तरोन्नती गर्दा करिब ३० प्रतिशत हवाई उडान प्रभावित हुन जान्छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडान भर्न सक्षम छन् । वायुसेवा कम्पनीहरुले व्यवसाय कम नदिन तथा ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सेवा दिन सुरु गरेका हुन्,’ भूलले भने ।

उनका अनुसार चार वायुसेवा कम्पनीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सेवा सुरु गरिसकेका छन् भने कतर एयरवेज भने सेवा सुरु गर्ने प्रक्रिया छ । कतार एयरवेजले दोहाबाट भैरहवा, भैरहवाबाट काठमाडौं र काठमाडौंबाट दोहा उडान गर्ने भनेर अनुमति मागेको छ । कतार एयरवेजको प्रस्ताव प्राधिकरणबाट स्वीकृत हुन बाँकी रहेको उनले जानकारी दिए ।

गौतम बुद्ध अन्तर्राष्टिय विमानस्थल सञ्चालनमा आउँदा उडान सुरु गरेको जजिरा एयररलाइन्सले स्थगित गरेको उडान शनिबारदेखि सुरु गरेको छ । जजिराले सातामा तीन उडान भर्ने छ । मंगलबार, बिहीबार र शनिबार बिहान साढे ७ बजे भैरहवा आउने र साढे ८ बजे भैरहवाबाट कुबेतका लागि उड्ने छ । यसअघि १० महिना उडान भरेर जजिराले प्राविधिक कारण देखाउँदै भैरहवा उडान स्थगन गरेको थियो ।

थाइ एयर एशियाले कात्तिक १८ गतेबाट भैरवहा–बैंकक उडान थालिसकेको छ । थाइ एयर एशियाले हप्तामा दुई दिन उडान भर्नेछ ।

फ्लाई दुबईले सातै दिन उडान गर्नेछ । फ्लाई दुबई पौने २ बजे भैरहवा आउने र पौने ३ बजे दुबई फिर्ता जाने छ ।

नेपाल वायुृसेवा निगमले सातामा चार दिन आइतबार, सोमबार, बुधबार र शुक्रबार दुबईतर्फ उडान गर्नेछ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार