के हो वैदेशिक रोजगार बचतपत्र ? कसरी दिने आबेदन ?

Garima_Business-Loan3

काठमाडौं । सरकारको आन्तरिक ऋण परिचालनमा सहयोग पुऱ्याउनुका साथै विप्रेषण आय बैंकिङ माध्यमबाट स्वदेशमा भित्र्याउन प्रोत्साहित गर्ने उद्देश्यले नेपाल सरकारले वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्ने गरेको छ । वैदेशिक रोजगार बचतपत्रका ब्याजदर तुलनात्मक रूपमा आकर्षक हुन्छ र ब्याजदर परिवर्तन हुँदैन । बैदेशिक रोजगार बचतपत्रमा आवेदन दिन ईच्छुक योग्य नागरिकले घटीमा दश हजार रूपैयाँ र बढीमा सो रकमले भाग गर्दा निःशेष हुने अङ्कमा कुल निष्कासित रकममा नबढाई खरिद गर्न सक्नेछन् । यो बचतपत्र आफ्नो अनुकुलतामा आवश्यकताअनुसार तत्काल बिक्री गर्न वा बैंक तथा वित्तीय संस्थामा धितो राखी कर्जा लिन सकिन्छ ।

यो बैदेशिक रोजगार  बचतपत्र सरकारले निष्कासन गर्ने भएकोले लगानी पूर्ण रूपमा सुरक्षित हुन्छ ।

वैदेशिक रोजगार बचतपत्रमा आवेदनका लागि ‘नेपाल

मुलुकबाहिर रोजगारीमा संलग्न वा रोजगारीबाट फर्केको बढीमा ६ (छ) महिना नपुगेका नेपाली नागरिकहरू वा गैरआवासीय नेपाली वा उनीहरुको परिवार सदस्यको नाममा  बचतपत्र खरिद गर्न सक्छन् ।

यो बचतपत्र विदेशबाट वा विदेशमा आर्जित रकम वैधानिक माध्यमबाट स्वदेशमा ल्याएको प्रमाण पेस गरेपछि खरिद गर्न सकिन्छ ।

बैदिशिक ऋण बचतपत्र नेपाल राष्ट्र बैङ्कको सहकार्यमा सार्वजनिक ऋण व्याबस्थापन कार्यलयले गर्छ

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार