संविधान संशोधन संसद्को विषय भएकाले आयोग गठन गर्नु पर्दैन – प्रधानमन्त्री केपी ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन संसद्को विषय भएकाले आयोग गठन गरिरहनु नपर्ने बताएका छन् । धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्टानको ३ औँ दीक्षान्त समारोहबाट काठमाण्डौं फर्कने क्रममा उनले सो कुरा बताएका हुन् । केपी सरकार गठन हुँदा संविधान संशोधन गर्ने भने गठवनधन दलको सहमति पत्रमा उल्लेख छ । सरकार गटन भएको चार हहिना बित्दा सत्ता घटक दलको संयन्त्रले यस बिषयममा छलफल सुरु गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) को विरोध  र आन्दोलन सरकारमा नरहनुको छटपटी भएको बताएका छन्  । बिराटनगरमा सञ्चारकर्मी सँग सक्षिप्त कुरा गर्दै उनले सो कुरा बताएका हुन् ।  प्रधानमन्त्री ओलीले हुँदै नभएका कतिपय विषयलाई अनावश्यक विवादको मुद्धा बनाउन नहुने पनि जोड दिएका थिए । अमेरिकी स्टेट सपोर्ट प्रोग्राम (एसपिपी) मा सरकारले सम्झौताको तयारी गरेर राष्ट्र र राष्ट्रियतालाई कमजोर पार्न खोजेको भन्ने प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आरोपका सम्बन्धमा नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानन्त्री ओलीले अहिले एसपिपीको कुनै कुरा वा चर्चा नै नभएको जवाफदिएका हुन्  ।

सरकारको निर्देशनबमोजिम नेपाल विद्युत् प्राधिकरणले लाइन काटिएका उद्योगमा लाइन जोडिएको छैन नि भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भने, “नजोडिएको भए हेर्दै जाउँ । हामी उद्योग र कलकारखानालाई काम गर्न सक्ने र आर्थिक समृद्धिका लागि आवश्यक काम गर्दै जानेछौँ ।”

उनी धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३ औँ दीक्षान्त समारोहबाट प्रधानमन्त्री ओली विराटनगर हुँदै काठमाडौँ आएका थिए ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार