१ हजार करोडको बिकास ऋणपत्र-२०८७  ल्याउदै सरकार

Garima_Business-Loan3

काठमाडौं । सरकारले  सार्वजनिक ऋण व्यवस्थापन कार्यालय मार्फत  १० अर्वको   ६  बर्षे बिकास ऋणपत्र-२०८७  ल्याउने भएको छ ।

कार्तिक २८ गते बोलकबोल बिधिमार्फत बिक्रि गरि २०८१ कार्ति २९ गते ऋणपत्र सार्वजनिक निश्काशन गरिने सार्वजनिक ऋण व्यवस्थापक कार्यालयले जनाएको छ ।

बिकास ऋणपत्र खरिद गर्न इच्छुक खरिद कर्ताले  सार्वजनिक ऋण व्यवस्थापक कार्यालयको domsको url https:\\doms.gov.np\csd/Maintree.do बाट आबेदन पेश गर्न सक्नेछन् ।

उक्त ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकहरूले भाग लिन सक्ने बताईएको छ ।

ऋणपत्रका विशेषता र बोलकबोल प्रक्रिया सम्बन्धी विस्तृत जानकारीका सार्वजनिक ऋण व्यवस्थापन कार्यालय त्रिपुरेश्वर, काठमाडौँको वेबसाइट Www.pdmo.gov.np को आन्तरिक ऋण सम्बन्धी सूचनामा हेर्न वा फो नं. ०१-४५३८३५९ मा कार्यालयमा सम्पर्क गरि बुझ्न सकिने कार्यालयले जनाएको छ  ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार