विदेशमा काम गरिरहेका नेपालीले अब श्रम स्वीकृति पाउने

Garima_Business-Loan3

काठमाडौं । श्रम स्वीकृति नलिई विदेशमा काम गर्दै आइरहेका नेपाली श्रमिकले अब श्रम स्वीकृति पाउने भएका छन् । सरकारले श्रम स्वीकृति नलिई काम गरिरहेका नेपालीलाई अब श्रम स्वीकृति लिएर वैधानिक हैसियत प्राप्त गर्न पाउने व्यवस्था मिलाएको होे ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सन् २०२४ को सेप्टेम्बरलाई ‘कटअफ डेट’ मानेर उनीहरूलाई श्रम स्वीकृत दिने निर्णयगरेको मन्त्री शरतसिंह भण्डारीले जानकारी दिएका छन् । ‘यो व्यवस्था कार्यान्वनको प्रक्रियामा छ, प्राविधिक पाटो सुल्झेपछि सहजै श्रम स्वीकृति पाउनेछन् ।

नयाँ श्रम स्वीकृतिका लागि श्रमिकले ‘बायोमेट्रिक’ दिनुपर्ने हुन्छ, तर नियोगमा यससम्बन्धी प्रणाली नभएकाले केही ढिलाइ भएको हो’, मन्त्री भण्डारीले भने ।श्रम स्वीकृति नलिई विदेशमा श्रम गरिरहेका घरेलुसहित सबै श्रमिकले यस व्यवस्थाबाट लाभ पाउन सक्नेछन् । श्रमिकलाई श्रम स्वीकृतिको प्रक्रियामा ल्याउन सम्बन्धित मुलुकमा रहेको नियोगका साथै नेपाली संघसंस्थालाई पनि परिचालित गरिने मन्त्री भण्डारीले जानकारी दिए ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार