विगतको आउटसोर्सिङ कम्पनीका जनशक्तिले नेपाल टेलिकम बबरमहल कार्यालय सरसफाईमा अवरोध गरे

काठमाडौं । नेपाल टेलिकम अन्तर्गत दूरसञ्चार तालिम तथा अनुसन्धान केन्द्र, बबरमहल, काठमाडौं प्राङ्गण बाहिर कात्तिक १२ गतेदेखि धर्ना दिइरहेको व्यक्तिहरु नेपाल टेलिकमसँग सम्बन्धित नभएको कम्पनीले स्पष्ट पारेको छ । मंगलबार नेपाल टेलिकमका प्रवक्ता हरि ढकालले जारी गरेको विज्ञप्तिमा ती व्यक्तिहरु विगतमा कम्पनीको सेवा विस्तार, मर्मत सम्भार, सुरक्ष, सरफाई लगायतका सेवालाई नियुक्त गरिएको आउटसोर्सीङ कम्पनीको भएको बताइएको छ ।

यी कार्यका लागि टेलिमकले नयाँ कम्पनीसँग सम्झौता गरेसँगै उनीहरु धर्नामा बसेको बताइएको छ ।

‘नेपाल टेलिकमले कम्पनीको सेवा विस्तार, मर्मत सम्भार, सुरक्षा, सरसफाई लगायतका सेवाहरु आवश्यकता बमोजिम बोलपत्र प्रकृयाबाट निश्चित समय तथा कार्य तोकी आउटसोर्सिङको माध्यमबाट निजी सेवा प्रदायक कम्पनीसँग प्रचलित नियमरकानुन बमोजिम सम्झौता गरी आवश्यक सेवा लिने गरेको छ । सो सम्झौताको समयावधि वा तोकिएको कार्यावधि समाप्तिसँगै सेवा प्रदायक कम्पनीहरुसँगको दायित्व पनि समाप्त हुने व्यवस्था छ’, विज्ञप्तिमा भनिएको छ।

कम्पनी अन्तर्गत दूरसञ्चार तालिम तथा अनुसन्धान केन्द्र, बबरमहल, काठमाडौंको सरसफाईको सेवा केही समय पहिले विगतको सेवा प्रदायक कम्पनीसँगको सम्झौता अवधि समाप्त भई हाल प्रतिस्पर्धाका आधारमा नयाँ सेवा प्रदायक कम्पनीले सेवा उपलब्ध गराइरहेको छ । यो अवस्थामा विगतको सेवा प्रदायक कम्पनीसँग सम्बन्धित जनशक्तिले कम्पनीको प्राङ्गण बाहिर विभिन्न माग राखेर धर्ना दिई कम्पनीको कार्यसम्पादनमा असहजता सिर्जना गर्नुका साथै नयाँ सेवाप्रदायक कम्पनीका जनशक्तिहरुलाई कम्पनीको कार्यालयमा सरसफाई सम्बन्धी कार्य गर्न अवरोध सिर्जना समेत गरेको अवस्था छ । हाल विगतको सेवा प्रदायकसँगको दायित्व समाप्त भईसकेको अवस्थामा ती जनशक्तिसँग नेपाल टेलिकमको कुनै सरोकार नरहेको व्यहोरा कम्पनीले स्पष्ट पारेको छ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार