वायुसेवा कम्पनीले आन्तरिकतर्फ उडान भाडा घटाए

काठमाडौं । नेपालको निजी वायुसेवा कम्पनी बुद्ध एयरले रात्रिकालीन उडानको भाडा घटाएको छ ।

बुद्ध एयरले रात्रि उडानलाई थप सहज बनाउँदै विभिन्न गन्तव्यको भाडादर बिहान, दिउँसोको दाँजोमा भाडादर घटाएको बताएको छ ।

पोखराका लागि ५ सय रुपैयाँ, भैरहवा तथा नेपालगञ्जका लागि १ हजार रुपैयाँ र जनकपुरधामका लागि ८ सय रुपैयाँ भाडा घटाइएको कम्पनीले जनाएको छ ।

काठमाडौँ विमानस्थलको स्तरोन्नति तथा सीमित उडानले बुद्ध एयरले भैरहवा तथा पोखराबाट अतिरिक्त उडान थालेको समेत बताएको छ । सातामा पोखराबाट नेपालगञ्जको तीन उडान हुने गरेकोमा बुद्ध एयरले अब दैनिक थालेको छ । त्यसैगरी भैरहवाबाट पोखराका लागि दैनिक १ अतिरिक्त उडान थप गरेको छ ।

भैरहवामा अन्तर्राष्ट्रिय एयरलाइन्सहरूको उडानले त्यस भेगमा थप आर्थिक चलायमान हुने तथा पर्यटनलाई पनि टेवा पुग्ने कम्पनीको भनाइ छ ।

काठमाडौँ वा पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि भैरहवा आउजाउ गर्ने यात्रुलाई बुद्ध एयरले हरेक फेयरमा २५ केजी लगेज पनि छुट दिएको बताएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार