विपन्न वर्ग कर्जा घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले वितरण गर्ने विपन्न वर्ग कर्जामा कमी आएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाह खुम्चिन पुग्दा विपन्न वर्ग कर्जा वितरण समेत प्रभावित बन्न पुगेको जानकारहरु बताउछन् । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको भदौसम्म बैंक तथा वित्तीय संस्थाहरुले विपन्न कर्जास्वरुप ३ खर्ब ५ अर्ब ७१ करोड रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ९ अर्ब ११ करोड रुपैयाँले कमी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले विपन्न कर्जास्वरुप ३ खर्ब १४ अर्ब २८ करोड रुपैयाँ वितरण गरेको थियो ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले विपन्न वर्ग कर्जा वितरण घटाउदा समग्रमा कर्जा रकममा कमी आएको हो । चालु आर्थिक वर्षको भदौसम्म वाणिज्य बैंकले विपन्न कर्जास्वरुप २ खर्ब ६२ अर्ब ३२ करोड रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको भन्दा ६४ करोड १० लाख रुपैयाँले कमी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वािणज्य बैंकले विपन्न कर्जास्वरुप २ खर्ब ६८ अर्ब ७३ करोड रुपैयाँ वितरण गरेको थियो ।

चालु आर्थिक वर्षको भदौसम्म विकास बैंकले विपन्न कर्जास्वरुप ३७ अर्ब ५६ करोड ८० लाख रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा २ अर्ब ६४ करोड रुपैयाँले कमी हो । गत आर्थिक वर्षको सोहि अवधिमा विकास बैंकले विपन्न कर्जास्वरुप ४० अर्ब २१ करोड रुपैयाँ वितरण गरेको थियो ।

चालु आर्थिक वर्षको भदौसम्म वित्त कम्पनीहरुले विपन्न कर्जास्वरुप ५ अर्ब ८१ करोड ६० लाख रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको भन्दा ५ अर्ब २२ करोड रुपैयाँले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा वित्त कम्पनीहरुले विपन्न कर्जास्वरुप ५ अर्ब ८८ करोड २० लाख रुपैयाँ वितरण गरेको थियो । सरकारले पिछडिएका तथा आर्थिक रुपमा विपन्न वर्गका नेपालीहरुलाई आय आर्जन गरी आफ्नो जीविकोपार्जन सहज बनाउनका लागि सहुलियतपूर्ण कर्जा सुविधा दिइएको पाइन्छ । यो सुविधा लिनका लागि बैंकले ग्राहकका लागि सिधै वा कुनै मध्यस्त संस्थाहरुको माध्यमबाट प्रदान गर्ने गरेको बैंकरहरु बताउछन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार