बिन्ध्यबासिनी हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य समायोजन

Garima_Business-Loan3

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा दुई हाइड्रोपावर कम्पनीको शेयरमूल्य समायोजन भएको छ । नेप्सेमा बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य समायोजन भएको हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले मन्दाकिनीको ५ प्रतिशत र विन्ध्यबासिनीको ८ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात मन्दाकिनीको मूल्य ८०४ रुपैयाँ ६७ पैसा कायम भएको छ भने विन्ध्यबासिनीको ६३५ रुपैयाँ १९ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन मन्दाकिनीको शेयर प्रतिकित्ता ८४४ रुपैयाँ ९० पैसा र विन्ध्यबासिनीको ६८६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार