जोडियो बिधुत लाइन काटिएका उधोगको बिजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रक लाईन बिदादका कारण उधोगीले महसुल नतिरेपछि काटिएको बिधुत लाईन  उद्योगहरूमा जोडेको छ । यस अघि आइतबार बसेको मन्त्री परिसद् वैठकले बिबाद समाधानार्थ सरकारबाट गठन भएको लाल आयोगको प्रतिबेदन सार्वजनिक गर्ने काटिएको उधोगको बिधुत लाईण जोड्ने र टि ओडि मिटरका धारारमा १५ दिन भित्र महसुल उठाउने निर्णय गरेको थियो । मन्त्री परिषद् को निर्णय हिजो नेपाल बिधुत प्राधिरण पुगेपश्चात प्राधिकरणको बोर्ड बैठकले लाइन जोड्ने निर्णय गरेको थियो  । त्यसपछि प्राधिकरणले मातहतका कार्यालयहरूलाई लाइन जोड्न पत्राचार गरेको हो  ।

‘मंगलबार राति ११ बजेदेखि प्राधिकरणले बिधुत  लाइन जोड्न सुरु गरेको हो । हिजो राति ६ उद्योगमा लाइन जोडिएको थियो । अहिले थप उद्योगमा जोड्न थालिएको छ । बिहानभर सबैमा सकिन्छ,’ प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले भने ।

बिधुत प्रधिकरणले लाईन काटेपश्तात केहि उधोगले पहिलो किस्ता बुझाए पछि प्राधिकरणले यसअघि नै लाइन जोडिसकेको थियो।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार