नागरिक लगानी कोषको नाफा बढ्यो

Garima_Business-Loan3

काठमाडौं ।आर्थिक बर्ष २०८१\०८२ को पहिलो त्रैमासमा   नागरिक लगानी कोषको खुद नाफा ३० करोड ९ लाख ८१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा कोषको २६ करोड ४८ लाख ९५ हजार रुपैयाँ खुद नाफा थियो । यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने ३.७९ प्रतिशतले घटेर ११ करोड ९८ लाख २१ हजार रुपैयाँमा सीमित भएको छ ।

खुद ब्याज आम्दानी घटे पनि कुल आम्दानी र सेवा शुल्क तथा कमिसन आम्दानी बढ्दा यसको खुद नाफा बढेको हो । १ वर्षको अवधिमा कुल आम्दानी १२.६० प्रतिशतले बढेर ५१ करोड ७० लाख १३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ४५ करोड ९१ लाख ६१ हजार रुपैयाँ मात्रै कुल आम्दानी गरेको थियो ।

यता, सेवा शुल्क तथा कमिसन आम्दानी १८.८६ प्रतिशतले बढेर ३९ करोड १६ लाख ५९ हजार रुपैयाँ पुगेको छ । असोज मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी ६ अर्ब ५ करोड ७६ लाख ७५ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी १९ रुपैयाँ ८७ पैसा र प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ४२ पैसा छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार