प्राइम कमर्सियल बैंकले मंसिर १९ मा साधारण सभा बोलायो, ५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । प्राइम कमर्सियल बैंकले मङ्सिर १९ गते साधारणसभा छ । साधारण सभामा बैंकको लाभांश सहितका प्रस्ताव पेश हुने बैङ्कले जनाएको छ । बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । बैंकले साधारणसभामा मर्जरको प्रस्ताव पनि लैजाने भएको छ ।

बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर ८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

बैङ्कको साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको वासलात, मिति २०८०/०४/०१ देखि २०८१/०३/३१ सम्मको नाफा नोक्सान हिसाव, सोही अवधिको नगद प्रवाह लगायतका विवरणहरु उपर छलफल गरी स्वीकृत गर्ने, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षण गर्न लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक अनुमोदन गर्ने लगायतका प्रस्ताव रहेका छन् ।

साधारणसभाले  सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट ५% (पाँच प्रतिशत) (कर सहित) का दरले हुने रु.९७,०१,२८,७८६/- (अक्षेरेपि सन्तानब्बे करोड एकलाख अठ्ठाइस हजार सातसय छयासी मात्र) नगद लाभांश वितरण गर्न स्वीकृत गर्ने प्रस्ताव रहेको छ ।

बैङ्कको साधारण सभामा विशेष प्रस्ताव पनि रहेका छन्
सञ्चालकको भत्ता तथा सुविधामा थप तथा हेरफेर र सो बमोजिम बैंकको नियमावलीमा सामयिक संशोधन गर्ने,बैंक तथा अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा मर्ज हुने (गाभ्ने/गाभिने), प्राप्ति (एक्विजिशन) गर्ने सन्दर्भमा आवश्यक सम्पूर्ण प्रक्रिया अवलम्वन गरी एक आपसमा मर्ज (गाभ्ने/गाभिने ), प्राप्ति (एक्विजिशन) गर्नकालागि सञ्चालक समितिलाई सम्पूर्ण अख्तियार प्रदान गर्ने, नियमावलीमा भएको संशोधनमा नियमनकारी निकायहरु (कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड आदि) ले कुनै फेरवदल / संशोधन/ परिमार्जन गर्न वा मिलाउन कुनै सुझाव वा निर्देशन दिएमा सोही अनुरूप आवश्यक समायोजन गर्न बैंकको सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका बिशेष प्रस्ताव माथी छलफल गरी पारित गर्ने छ

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार