नेप्से घट्दा कारोबार रकम बढ्यो

काठमाडौं । साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्जका अधिकांश सूचक घट्दा कारोबार रकम भने बढेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से १४.१२ अंकलेघटेर २७३४.८३ विन्दुमा पुुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.०८ अंकले घटेर ४८३.६९ विन्दुमा पुुगेर बन्द भएको छ ।

बुधबार ३०८ वटा कम्पनीको कुल १ करोड ५३ लाख ६२ हजार कित्ता शेयर कारोबार हुदाँ ७ अर्ब ९१ करोड १९ लाख ७६हजार कारोबार रकम रह्यो । जुन मंगलबारको तुलनामा ५ करोड २२ लाखले बढी हो । मंगलबार ३१२ वटा कम्पनीको १ करोड ६७ लाख ८६ हजार ९३४ कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ७ अर्ब ८५ करोड ९७ लाख ४० हजार रहेको थियो ।

बुधबार बजार पुँजीकरण रकम ४३ खर्ब ५४ अर्ब ६८ करोड रह्यो ।बुधबार ९९ वटा कम्पनीको शेयर मूल्य बढ्दा १३८ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ७ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

बुधबार ४ वटा समूह परिसूचक बढ्दा बाँकी ९ वटा घटेका छन् । विकास बैंक ८१, वित्त १५२, जलविद्युत २९ र म्यअचल फण्ड ०.१० अंकले बढ्दा बैकिङ २१, होटल र पर्यटन ४, लगानी १, जीवन बीमा १६३, उत्पादन र प्रशोधन ६९, लघुवित्त १९, निर्जीवन बीमा १६७, व्यापार ५९ र अन्य समूह १७ अंकले घटेको छ ।

बुधबार सर्वाधिक कारोबार हुने कम्पनीहरुमा जानकी फाइनान्स, पोखरा फाइनान्स, सप्तकोशी विकास बैंक, समृद्धि फाइनान्स र पिपुुल्स हाइड्रोपवार रह्यो । जानकी फाइनान्सको ३३ करोड ८६ललाख, पोखरा फाइनान्सको २५ करोड ८९ लाख, सप्तकोशी विकास बैंकको २१ करोड ५७ लाख, समृद्धि फाइनान्सको २१ करोड १३ लाख र पिपुुल्स हाइड्रोपवारको १८ करोड २२ लाख बराबरको कारोबार भयो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार