यी हुन् २० सर्वाधिक कारोबार गर्ने कम्पनी

काठमाडौं । साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्जका अधिकांश सूचक घट्दा कारोबार रकम भने बढेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से १४.१२ अंकलेघटेर २७३४.८३ विन्दुमा पुुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.०८ अंकले घटेर ४८३.६९ विन्दुमा पुुगेर बन्द भएको छ ।

बुधबार सर्वाधिक कारोबार हुने कम्पनीहरुमा जानकी फाइनान्स, पोखरा फाइनान्स, सप्तकोशी विकास बैंक, समृद्धि फाइनान्स र पिपुुल्स हाइड्रोपवार रह्यो । जानकी फाइनान्सको ३३ करोड ८६ललाख, पोखरा फाइनान्सको २५ करोड ८९ लाख, सप्तकोशी विकास बैंकको २१ करोड ५७ लाख, समृद्धि फाइनान्सको २१ करोड १३ लाख र पिपुुल्स हाइड्रोपवारको १८ करोड २२ लाख बराबरको कारोबार भयो

बुधबार ३०८ वटा कम्पनीको कुल १ करोड ५३ लाख ६२ हजार कित्ता शेयर कारोबार हुदाँ ७ अर्ब ९१ करोड १९ लाख ७६हजार कारोबार रकम रह्यो । जुन मंगलबारको तुलनामा ५ करोड २२ लाखले बढी हो । मंगलबार ३१२ वटा कम्पनीको १ करोड ६७ लाख ८६ हजार ९३४ कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ७ अर्ब ८५ करोड ९७ लाख ४० हजार रहेको थियो ।

बुधबार बजार पुँजीकरण रकम ४३ खर्ब ५४ अर्ब ६८ करोड रह्यो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार