यु–१९ महिला टि–२० विश्वकपका लागि नेपाल छनोट, युएई ८ विकेटले पराजित

काठमाडौं । नेपाल आईसीसी यु–१९ महिला टि–२० विश्वकपका लागि नेपाल छनोट भएको छ ।

घरेलु टोली युनाइटेड अरब इमिरेट्स९युएई० लाई हराउदै पहिलो पटक महिला यु–१९ विश्व कपका लागि छनोट भएको छ ।

नेपालले युएई माथि ८ विकेटको जित हात पारेको हो ।

युएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४।४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो।

नेपालको जितमा ओपनर साना प्रविनले ३५ तथा कप्तान पुजा महतोले १८ रन जोडिन् । ओपनर साबित्री धामीले १२ तथा सोनी पाख्रीनले अविजित १३ रन जोडिन् ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रनको योगफल तयार गरेको थियो । नेपालले विश्वकपमा छनोट हुन यो लक्ष्य १६।२ ओभरमा पूरा गरे पुग्ने समिकरण रहेको थियो ।

युएईका लागि कप्तान समाइरा धारनीधार्काले ३ , रिनिथा रञ्जिथाले २० तथा इन्दुजा नन्दकुमारी र लाभन्या केन्याले समान १० रन जोडिन् ।

नेपालका लागि कृष्मा गुरुङले ४, रिया शर्मा र सिमाना केसीले समान २ तथा रचना चौधरीले १ विकेट लिए ।

यु १९ टि ट्वान्टी विश्व कप आगामी वर्षको १८ जनवरी देखि २ फेब्रुवरी सम्म मलेसियामा आयोजना हुदैछ । नेपाल विश्व कपमा समूह डी मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्डसँगै रहेको छ । विश्व कपमा नेपालको पहिलो खेल १८ जनवरीमा बंगलादेशविरुद्ध रहेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार