करिब ८ खर्बले बढ्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप

Garima_Business-Loan3

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्ने क्रमले निरन्तरता पाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप रकम करिब ८ खर्बले बढेको छ । चालु आर्थिक वर्षको भदौसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप रकम ६५ खर्ब २८ ३६ करोड रहको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनमा ७ खर्ब ८४ अर्बले बढी हो । गत आर्थिक वर्षको भदौसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप रकम ५७ खर्ब ४३ अर्ब ७५ करोड रहेको छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा रहेका सम्पूर्ण निक्षेप खाताहरुमा निक्षेप रकममा वृद्धि भए सँगै निक्षेप रकम बढेको राष्ट्र बैंकले जनाएको छ । मुद्दती, बचत र चालु खातामा निक्षेप रकम बढ्दाँ समग्र निक्षेप रकम बढेको राष्ट्र बैंकका अधिकारीहरुले बताए । उनीहरुका अनुसार पछिल्लो समय अर्थतन्त्र चलयमान हुन नसक्दा मुद्दती, बचत र चालु खातामा निक्षेप संकलन गरी ब्याज लिने प्रवृत्तिका कारण रकम बढेको हो ।

चालु आर्थिक वर्षको भदौसम्म वाणिज्य बैंकको निक्षेप रकम ५७ खर्ब ९८ अर्ब २५ करोड रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा चालु आर्थिक वर्षमा निक्षेप रकम ७ खर्ब ३६ अर्बले बढी हो । गत आर्थिक वर्षमा वाणिज्य बैंकको निक्षेप रकम ५० खर्ब ६२ अर्ब २१ करोड रहेको थियो ।

चालु आर्थिक वर्षको भदौसम्म विकास बैंकको निक्षेप रकम ५ खर्ब ९७ अर्ब ७४ करोड रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा चालु आर्थिक वर्षमा निक्षेप रकम २८ अर्ब ७४ करोडले बढी हो । गत आर्थिक वर्षमा विकास बैंकको निक्षेप रकम ५ खर्ब ६८ अर्ब ९९ २१ करोड रहेको थियो ।

चालु आर्थिक वर्षको भदौसम्म वित्त कम्पनीहरुको निक्षेप रकम १ खर्ब ३२ अर्ब ३६ करोड रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा चालु आर्थिक वर्षमा निक्षेप रकम १९ अर्ब ८१ करोडले बढी हो । गत आर्थिक वर्षमा वित्त कम्पनीहरुको निक्षेप रकम १ खर्ब १२ अर्ब ५४ करोड रहेको थियो । निक्षेप बढ्दै जाँदा बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम थुप्रिने क्रमले निरन्तरता पाउछ , बजार चलयामान हुन नसक्दा उपभोक्ताको खर्च गर्ने क्षमता कमजोर हुदाँ बजारमा रकम नजाँदा थप समस्या हुन्छ । सरकारले निक्षेपलाई बढुवा दिने भन्दा पनि उक्त रकमलाई लगानीयोग्य रकममा परिणत गर्नु आवश्यक हुने विज्ञहरु बताउछन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार