करिब २ करोडले बढ्यो राष्ट्रिय बीमा कम्पनीको नाफा

काठमाडौं । सरकारी स्वामित्वको निर्जीवन बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनीको नाफा बढेको छ । कम्पनीले जारी गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुरुप कम्पनीको मुनाफा १ करोड ८९ लाखले बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १५ करोड ६५ लाख ७५ हजार नाफा कमाएको छ । कम्पनीले गत आर्थिक वर्षको सोहि अवधिमा १३ करोड ७६ लाख ६५ हजार नाफा कमाएको थियो ।

कम्पनीले आम्दानीमा वृद्धि गरे सँगै नाफा समेत बढेको देखिन्छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कुल आम्दानी ४१ करोड ५१ लाख ८ हजार रहेको छ , जुुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १० करोड १४ लाख ६० हजारले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको कुुुल आम्दानी ३१ करोड ३६लाख ४८ हजार रहेको थियो ।

समीक्षा अवधिमा कम्पनीको कुल खर्च समेत ६ करोड ७ लाख ३९ हजारले बढेको छ । कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कुल खर्च १६करोड १८ ल ाख ६४ हजार रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको कुल खर्च १० करोड ११ लाख २५ हजार रहेको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ५८ रुपैयाँ ७२ पैसा, प्रति शेयर नेटवर्थ १ हजार २२३ रुपैयाँ ५२ पैसा, प्रति शेयर कुल सम्पत्तिको मूल्य २ हजार ३५५ रुपैयाँ ३९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३०२.६३ र तरलता अनुपात १.८३ रहेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार